Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

‘गरिब होइन गरिबी हटाऊ’ भन्दै काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन

‘गरिब होइन गरिबी हटाऊ’ भन्दै काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन


  • 2.3K
    Shares

    ‘गरिब होइन गरिबी हटाऊ’ भन्दै काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सडकमा  साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् । 

    शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले आज तेस्रो पनि राष्ट्रिय सभा गृह अगाडि  ‘गरीबको चमेली’ गीत प्रदर्शन गरेका हुन् ।  

    विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले मेयर बालेन शाहको कार्यकक्ष रहेको सभागृह गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाहरुलाई आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर साथ दिएका थिए ।

    सडक मजदूर तथा उद्यमीलाई विस्थापित गर्दै तिनको व्यक्तिगत जीवीकोपार्जनको साधनलाई कबाड बनाई लिलाम गर्ने कार्य संविधान, कानून, र मानवता असंगत भएको अभियन्ताहरुको भनाइ छ । जसका कारण १०,००० भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको अभियन्ताहरुको भनाइ छ । 

    आजको प्रदर्शनमा गरी खान देऊ, ललितपुरमा गर्न सकिन्छ भने काठमाडौँमा किन सकिँदैन, गरिब होइन गरिबी हटाऊ, लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

    4.JPG

    2.JPG

    1.JPG

    3.JPG

     

     

     

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १२:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij