Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

चैत २ गतेसम्मका लागि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

चैत २ गतेसम्मका लागि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


  • 5.7K
    Shares

    चैत २ गतेसम्मका लागि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
    images

    विराटनगर । बिहीबारका लागि बोलाएको प्रदेश १ प्रदेशसभा बैठक सूचना प्रकाशित गरेर सारेको छ । बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारिएको जनाएको हो ।

    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२ः३० बजेका लागि सारिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    ‘यस अघि बसेको बैठकमा प्रदेशसभा फागुन २० गते बिहीबारलाई डाकिएको थियो, विषेश कारणले बैठक सार्नुपर्ने भएकाले अबको बैठक चैत २ गते बोलाइएको हो’, सचिव पराजुलीले भने । उनले कारण भने खुलाएनन् ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समुहका संसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको र यस अघिको बैठकमा सो प्रस्ताव प्रदेशसभामा टेवल भइसकेको छ । प्रस्ताव सदनमा प्रस्तुत गर्ने समयमा नेकपाको ओली समूह र प्रदेश सरकारले सो बैठक बहिस्कार गरेको थियो ।

    मुख्यमन्त्री शेरधन राईले पार्टीको विधान विपरित काम गर्ने १६ जना सांसदलाई तीन महिनाको लागि निलम्बन गरेका र ती सांसदको समेत उपस्थितिमा बैठक बसाएकाले बैठक बहिस्कार गरेको ओली समूहको दाबी छ ।

    नेपाल कम्यूनिष्ट पार्टी आधिकारिक रुपमा फुटिनसकेको समयमा नेकपा संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई नै रहने र उनले गरेका निर्णय नै प्रदेशसभामा नेकपाको तर्फबाट मान्य निर्णय हुने ओली समूहको भनाइ छ ।

    Suchana-966x1000.jpg

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १५:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij