२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौँ । २०५६ सालको चुनावमा कांग्रेसको नारा थियोस् ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’
तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै प्रधानमन्त्रीका प्रत्यासीलाई व्यंग्य गरेका थिए स् ‘गाउँगाउँमा कृष्णप्रसाद, घरघरमा गिरिजाप्रसाद ।’ माथिको तस्बिर पोस्ट गर्दै पत्रकार अनिल गिरी लेख्छन-खेत-खेतमा प्रधानमन्त्री, आली-आलीमा राष्ट्रवाद !
कटाक्ष, तुकबन्दी ओलीको पुरानै विशेषता हो । कांग्रेसको चुनाव प्रचार सामग्रीमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको तस्वीर हेरेर उनले यो भनेका थिए ।
तिनै ओली प्रधानमन्त्री भएका बेला जहाँतहीँ उनका तस्वीर र प्रतिमा राख्न थालिएका छन् । बालुवाटार छिर्दा उनले फुटबल हान्दै गरेको ठूलो मूर्ति भेट्न सकिन्छ । कार्यकर्ताका घरघरमा, अनि नारा जुलुसमा उनको प्रतिविम्ब एकछत्र छ । बरु हिजोआज मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलालहरूको तस्वीर भेटिन हम्मे पर्छ ।
जस्तो कि ओलीको चुनाव क्षेत्र झापा गौरादहका यी तस्वीर हेर्नुस् न । खेतीपाती गर्नुपर्ने गह्रा र आलीहरूमा उनी स्वयम्भन्दा अग्ला प्रतिविम्ब छन् । तस्वीर झापाका स्थानीय पत्रकार चिरञ्जीवी घिमिरेको ट्वीटरमा फेला परेको हो।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij