Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अण्डकोषमा हम्बरले हानेर हत्या गर्ने गोङ्गबु हत्याकाण्डकी कल्पनालाई आजीवन थुन्न अदालतले दियो आदेश 

अण्डकोषमा हम्बरले हानेर हत्या गर्ने गोङ्गबु हत्याकाण्डकी कल्पनालाई आजीवन थुन्न अदालतले दियो आदेश 


  • 14.2K
    Shares

    अण्डकोषमा हम्बरले हानेर हत्या गर्ने गोङ्गबु हत्याकाण्डकी कल्पनालाई आजीवन थुन्न अदालतले दियो आदेश 

    काठमाडौँ । गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो ।

    गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । उनले हम्बरले अण्डकोष फुटाएर हत्या गरेको बयान दिएकी थिइन्। 

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

    दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् ।

    हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई जीवनभर कैदमै राख्ने फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भीम बहादुर निरौलाले बताए । अपराधी ठहर भएकी कल्पनालाई यसअघि नै केन्द्रिय कारागार सुन्धारामा राखिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १५:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij