Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

नेकपा कसको भनेर भोलि अदालतले यसकारण नसुनाउने भयो फैसला, झन् लम्बियो बिबाद 

नेकपा कसको भनेर भोलि अदालतले यसकारण नसुनाउने भयो फैसला, झन् लम्बियो बिबाद 


  • 5.7K
    Shares

    नेकपा कसको भनेर भोलि अदालतले यसकारण नसुनाउने भयो फैसला, झन् लम्बियो बिबाद 
    images

    काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला भोलि नहुने भएको छ ।

    सर्वोच्चका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार देशभरका अदालत बिदा गर्ने अदालतको पूर्ण बैठकले निर्णय गरेकोले भोलिलाई तोकिएको फैसला पर सरेको हो ।

    फागुन १३ गते सुनुवाइ सकिएसँगै ऋषि कट्टेलले दायर गरेको रिटमाथिको अन्तिम फैसला भोलिलाई तोकिएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइपछि निर्णय सुनुवाइको मिति तोकिएको थियो । फैसलाको नयाँ मिति भने तोकिएको छैन ।

    कट्टेलले २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

    ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक-पटक सुनुवाइ स्थगित हुँदै आएकोमा दुई वर्षपछि फैसला हुन लागेको छ ।

    अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिकरूपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १४:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij