२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । हिमालयन क्यापिटलले आज बिहीबारदेखि पहिलो म्युचुअल फण्डको बिक्री खुला गरेको छ ।
हिमालयन क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कोष प्रवर्द्धक, हिमालयन बैङ्क लिमिटेडको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८० – २०’ का ८ करोड ५० लाख इकाइहरु निष्काशन तथा बिक्री खुला गरेको छ।
यस म्युचुअल फण्डले कुल १ अर्ब रुपैयाँको १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकले सुरक्षित गरेको छ। त्यस्तै, बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरुलाई आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
यो फण्डमा सर्वसाधारणले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइका लागि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सबै इकाइ बिक्री नभएमा आवेदन दिने समय भदौ १५ गतेसम्म थप गरिनेछ।
लगानीकर्ताहरुले यस म्युचुअल फण्डमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij