२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिएकी छिन् ।
प्रतिनिधि सभा बैठक २३ फागुनमा बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनेछन् ।
काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्नेछ । अहिले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको छ । उनी पर्ख र हेरको अवस्थामा छन् ।
देउवालाई प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलिसकेको छ । तर, उनी प्रचण्ड र नेपालभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेका छन् ।
अहिले प्रतिनिधि सभामा कानुनी रुपमा विभाजित नभएको नेकपाको १७४ सिट छ । काँग्रेसको ६३ सिट छ । नेकपा कानुनी रुपमा विभाजित भएमा काँग्रेस निर्णायक शक्ति बन्न सक्छ । त्यतिबेला देउवा प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, उनलाई पार्टीभित्रबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चुनौती दिनसक्ने संकेतहरु देखिएका छन् । देउवालाई संसदीय दलमा प्रकाशमान सिंहले चुनौती दिनसक्ने देखिएको छ । सिंहले आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताइसकेका छन् ।
देउवा इतरको खेमा संग छलफल गरेर प्रचण्ड माधवले आज केपी ओलीलाई संसदीय दलको नेता बाट हटाएको छ। र देउवा ओली संग मिल्ने बुझे पछि कांग्रेस भित्र खेल्न प्रचण्ड(माधवले जुक्ति समेत निकालिसकेको श्रोतको भनाई छ।
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij