Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई प्रचण्ड-माधवले हटाएपछि प्रधानमन्त्री चट् !

संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई प्रचण्ड-माधवले हटाएपछि प्रधानमन्त्री चट् !


  • 7.0K
    Shares

    संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई प्रचण्ड-माधवले हटाएपछि प्रधानमन्त्री चट् !
    images

    काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ । यो भए संग ओलीको प्रधानमन्त्री पद समेत धरापमा पर्ने भएको छ। 

    पेरिसडाँडामा बसेको सो पक्षको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ ।बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई हटाइएको छ ।

    केन्द्रीय सदस्य एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

    ‘पार्टी गतिविधिविपरीत कार्य गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरीलगायतलाई पार्टीबाट निष्काशन गरिएको छ’, नेता वर्षमान पुनले बैठकको निर्णय सुनाउँदै भने ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १४:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij