Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ, राजुकुमार खतिवडाको इजलासमा हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ, राजुकुमार खतिवडाको इजलासमा हुँदै


  • 2.4K
    Shares

    • images
    सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ,  राजुकुमार खतिवडाको इजलासमा हुँदै
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।

    उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

    यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ०९:१९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij