२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौँ । आज पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ नेता स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको छ । नेम्बाङ्ग दलको उपनेता समेत हुन् ।
स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो ।
त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ ।
यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने समेत निर्णय गरेको हो। गोकुल बुबा बितेर काजकिरियामा छन् ।
केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेको छ ।
यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो ।
पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड-नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन् । दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij