Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई संसदीय समितिको निर्देशन

दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई संसदीय समितिको निर्देशन


  • 2.0K
    Shares

    दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौँ । आज मंगलबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दलित सम्बन्धी विषय हेर्नका लागि छुट्टै मन्त्रालय तोक्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई निर्देशन दिएको हो ।

    दलितसम्बन्धी विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ ।

    कार्यान्वयन भए, गरेका कामहरुको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रुपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई निर्देश गरिएको पनि समितिले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहले समितिले दिएको निर्देशन पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले दलितलगायतका जातीय विभेद अन्त्यका लागि मुलुकमा विद्यमान कानून कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।

    सचिव सिंहले जातीय विभेद अन्त्यका लागि जनप्रतिनिधिहरुको तर्फबाट पनि पहलकदमी लिने काममा कमी रहेको हो कि भन्ने आफूहरुलाई लागेको प्रतिक्रिया पनि दिए ।

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १६:०७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij