Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ओलीका मन्त्रीले ३० लाख चप्काईदिए पछि बिष खान खोज्ने यी महिला बाबुराम संगै कसरी भईन भाईरल ?

ओलीका मन्त्रीले ३० लाख चप्काईदिए पछि बिष खान खोज्ने यी महिला बाबुराम संगै कसरी भईन भाईरल ?


  • 14.0K
    Shares

    ओलीका मन्त्रीले ३० लाख चप्काईदिए पछि बिष खान खोज्ने यी महिला बाबुराम संगै कसरी भईन भाईरल ?
    images

    काठमाडौँ । शहरी विकासमन्त्री प्रभु साहकै अगाडि एकजना महिलाले विष सेवनको प्रयास गरेकी छिन् । विष सेवन प्रयासको घटना अन्त कतै नभएर सिंहदरबारभित्र शहरी विकास मन्त्रालयमा भएको हो ।

    मन्त्री साहको सामुन्ने महिलाले विष सेवनको प्रयास गरेको घटना जनआस्थाले प्रकाशित गरेको छ । महिलालाई रोक्न शहरी विकास मन्त्रालयका सचिव रमेश सिंह समेत लागेका थिए ।

    महिलाले तँ नै भनेर मन्त्रीलाई हप्काएकी थिइन् । साहले पैसा खाएको आरोप लगाउँदै फर्काउन भन्दै गालीगलौज गरेकी थिइन् । महिलाले मेटासिडको बिर्को समेत खोल्न खोज्दा रोकिएको थियो ।

    जनआस्थाका अनुसार महिलाको लिएको रकम नतिरेपछि लफडा परेको छ । ती महिला हुन् दिपा कुँवर । उनले कुनैबेला डा.बाबुराम भट्टराईसँग तस्बिर खिच्दा भाइरल भएको थियो । मन्त्री साहले दिपासँग स्थानीय नर्विाचनअघि चुनाव खर्चका लागि भन्दै ३० लाख रुपैयाँ लिएका थिए ।

    दिपाको छोरालाई अष्ट्रेलिया पठाइदिने र कुरा मिलाउने सहमति भएको थियो । तर, त्यो पनि भएन । दिपाले साथीको घर बैंकमा धीतो राखेर रकम सापटी लिएको समाचारमा उल्लेख छ । तर, ३० लाख प्रभु साहले लगेपछि फिर्ता नआउँदा तिर्न नसकेर घर लिलामीमा सूचना निस्किइसकेको छ । त्यसपछि दिपा रकम फिर्ता गर्न दौडधूपमा छिन् । तर, नपाएको उल्लेख छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १३:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij