Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते


  • 2.5K
    Shares

    मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

    मुगु । मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

    सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीका हवल्दार मनबहादुर थापाले बताए ।

    मृतक तथा घाइतेको पहिचान यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धारको लागि सोरुकोट प्रहरी चौकी र तारापानी प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ गएका छन् ।

    घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १८:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij