२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौं भित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ । यो योजनामा एक पटकको खरिदको २०० रुपैयाँ सम्म र योजना अवधिभर ५०० रुपैयाँ सम्म छुट पाइनेछ ।
यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij