Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सोनापुर सिमेन्टको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

सोनापुर सिमेन्टको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?


  • 2.5K
    Shares

    सोनापुर सिमेन्टको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । सोनापुर मिनरल्स एण्ड लिमिटेडले आज साउन २९ गतेदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि उद्योग प्रभावित क्षेत्र दाङ र पाल्पाका स्थानीयका लागि आईपीओ बिक्री खुलाएको हो ।

    स्थानीयसँगै आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले समेत आवेदन दिन पाउनेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अङ्कित सेयरमा १२५ रुपैयाँ थपेर प्रतिकित्ता २२५ रुपैयाँमा बिक्री खुलाएको हो ।

    उद्योगको जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख २०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको छ । यसमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता सेयर छुट्याइएको छ ।

    यस्तै, वैदेशिक रोजगारीमा जानेहरूका लागि १० लाख ७६हजार २६८ कित्ता सेयर छुट्याइएको जनाइएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ भने भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सो अवधिमा आवेदन नपरेमा भदौ २६ गतेसम्म म्याद थप हुनेछ ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १३:२४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij