२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौँ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्नि सापकोटाले खोप लगाएका छन् ।

फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन सुरु हुने भएकाले त्यसअघि आज प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सांसद्हरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij