२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौ । सरकार र प्रतिवन्धित नेपाल क्रम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ । दुबै पक्षबीच फेरि बस्ने गरि आजको वार्ता सकिएको स्रोतको भनाइ छ ।
वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राखेर आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।
स्रोतका अनुसार प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता सरु भएको थियो । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो ।
यस्ता छन् विप्लवका शर्त ? 
भूमिगत गतिविधि गर्दै आम नागरिकको जिउज्यान र सुरक्षामा जटिलता थपेको, व्यक्ति हत्या हिंसात्मक विष्फोटमा संलग्न भएको विप्लव समूहले सरकारसँग वार्ताका लागि मूख्य तीन शर्त र माग अघि सार्दै आएको छ ।
१. प्रतिबन्ध फुकुवा : (सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो)
२. नेता कार्यकर्ताको रिहाइ : (नेपाल प्रहरीको तथ्यांक अनुसार विप्लव समूहका १३४ जना नेता/कार्यकर्ता जेलमा छन् गएको फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका थिए । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सो समूहका शीर्ष नेतामध्येका हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला पनि जेलमा छन् ।)
३. हालसम्मका सबै मुद्दा खारेज : विस्फोट, कर्तव्य ज्यान, अपहरण, चन्दा आतंकलगायतका अभियोगमा जेलमा रहेका सो समूहका नेता/कार्यकर्तामाथि विभिन्न मुद्दा छ । प्रहरीका अनुसार विप्लव समूहका १८ जना नेता कार्यकर्ताको मुद्दा अनुसन्धानको क्रममा छ ।
सरकारसँग औपचारिक वार्ताको पहल जारी रहेको, वार्ता टोली बनेको र आफूहरु संवादमा बस्न सकारात्मक रहेको विप्लव समूहका एक नेता बताउँछन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij