Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

प्रचण्ड-नेपाल पक्ष अहिले तिव्र गतीमा, आयोगले किन गर्दैछ ढिलासुस्ती ?

प्रचण्ड-नेपाल पक्ष अहिले तिव्र गतीमा, आयोगले किन गर्दैछ ढिलासुस्ती ?


  • 5.4K
    Shares

    प्रचण्ड-नेपाल पक्ष अहिले तिव्र गतीमा, आयोगले किन गर्दैछ ढिलासुस्ती ?
    images

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

    बैठकमा केन्द्रीय सदस्यहरुलाई आ-आफ्ना सक्कल नागरिकता र पार्टीको परिचय पत्र सहित उपस्थित हुन आग्रह गरिएको छ। समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक यहि फागुन २३ गते बस्दैछ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आउँदो २३ गते संसद बैठक आह्वान भईसकेकोले अब कसरी प्रस्तुत हुने लगायतका विषय पनि छलफलमा राखिएका छन् ।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको निर्णय सुनाएसँगै आगामी सरकार गठनका लागि चितवनबाट फर्केलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाका नेताहरुलाई समेत भेटेर छलफल गरेको प्रचण्ड-नेपाल पक्ष अहिले तिव्र दौडधूपमा छ ।

    त्यस्तै पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - ११:०८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij