Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय


  • 2.8K
    Shares

    मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।

    अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए ।

     

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १६:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij