२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौँ । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ।
बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ ।
खोप लगाएकालाई मात्रै प्रवेश दिइने भन्दै सचिवालयले सबै सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई तोकिएको खोप केन्द्रमा पुगी खोप लगाउन अनुरोध गरेको छ।
यही फागुन २३ गतेदेखि संघीय संसदको हिउँदै अधिवेशन सुरु हुँदै छ। अधिवेशनअघि सांसदलाई खोप लगाउन लागिएको हो ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ ।
त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ। आज लगाउन छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने छ ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij