Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नख्खुदोबाटोमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु, सहपाठीको मृत्यु पछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

नख्खुदोबाटोमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु, सहपाठीको मृत्यु पछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

  • 7.0K
    Shares

    नख्खुदोबाटोमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु, सहपाठीको मृत्यु पछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

    ललितपुर । ललितपुरको नख्खु दोबाटोमा एक जिपले एक युवतीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

    बुधबार विहान कलेज जान हिँडेकी युवतीको मृत्यु भएको हो । उनलाई जिपले ठक्कर दिएको थियो । १९ वर्षकी अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

    nnn.jpg

    घटनापछि कोटेश्वर क्याम्पसका विद्यार्थी सहपाठी दाहालको न्यायको माग गर्दैै नख्खुमा सडकै छेकेर विरोधमा उत्रिएका हुन्।प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्ने गरेकी उनी कोटेश्वरको मल्टिपल क्याम्पसमा पढ्थिन्।

    aaqa.jpg

    सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १०:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij