२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौँ । आज बिहानदेखि सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता जारी छ ।
बालुवाटारमा दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतले जनाएको छ । सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।
मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षले आज बिहान साढे सात बजे औपचारिक वार्ता शुरू गरेको जनाइएको छ।
विप्लव समूहले वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहा तथा मुद्दा फिर्ताको विषय राखेको छ । यस विषयमा अहिले सघन छलफल भइरहेको स्रोतले जानकारी दियो । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो ।
सरकारले गृहमन्त्री थापाको नेतृत्वमा र डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij