Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बिहान कलेज र दिउँसो शव व्यवस्थापन गर्दै बित्छ सपनाको दिन

बिहान कलेज र दिउँसो शव व्यवस्थापन गर्दै बित्छ सपनाको दिन


  • 5.6K
    Shares

    बिहान कलेज र दिउँसो शव व्यवस्थापन गर्दै बित्छ सपनाको दिन
    images

    बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगेकी सपना रोका मगर काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए।

    बेवारिसेको शव व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो। यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो।

    २०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्। पढाइ छाडेर गलत बाटाेमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।

    आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्किरहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्। चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो। बिहान ६ बजेबाट सुरु भएको उनको कलेज १०ः४५ मा बिदा हुन्छ। त्यसपछि घर फर्किन्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको समय भने बेवारिसे व्यवस्थापनको कामलाई निरन्तरता दिने उनको भनाइ छ।

    पहिलेको संस्थाबाट अलग भइसकेपछि अहिले सपनाले आफ्नै नेतृत्वमा बेवारिसे व्यवस्थापनको काम गर्न संस्था दर्ता गरिसकेकी छन्। पछिल्लोसमय उनी आफ्नै संस्था मार्फत बेवारिसे व्यवस्थापनमा सक्रिय छन्।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - २१:२२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij