२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विषयमा पहिलोपटक सार्वजनिकरूपमा जवाफ दिएका छन् ।
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले चाँदीको जलहरी खिइएर सकिएपछि सुनको हालिएको बताए ।
ओलीले भने, ‘पशुपतिनाथ मन्दिर हिन्दूहरूको आस्थाको थलो हो । सनातन हिन्दू, आदि योगगुरु, आदि योगी, विश्वको सबैभन्दा पुरानो दर्शन, सभ्यताको शुरूआत भगवान शिवबाट भएका हो ।’
जलहरीबारे उनले भने, ‘नेपाली जनताले मानेको भगवान शिवलाई चाँदीको जलहरी उहिले कुन जमानामा बनाइएको रहेछ । त्यो खिइँदा-खिइँदा सकियो । पाप्रो मात्रै छ । त्यो ठाउँमा १ सय ८ किलो सुनको जलहरी दिइयो । भ्रष्टाचार गरेर कसैलाई दिएको हैन । पशुपतिनाथलाई दिएको हो ।’
यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij