Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुन तस्करी प्रकरण

सय किलो सुन तस्करी प्रकरणः पक्राउ परेका दुई चिनियाँ नागरिक को हुन् ?  

सय किलो सुन तस्करी प्रकरणः पक्राउ परेका दुई चिनियाँ नागरिक को हुन् ?  


  • 2.1K
    Shares

    • images
    सय किलो सुन तस्करी प्रकरणः पक्राउ परेका दुई चिनियाँ नागरिक को हुन् ?  
    images

    काठमाडौँ ।  करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई  जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

    कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरुलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको एक अधिकृतले बताए ।

    चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।

    अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ०८:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij