२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक बस्नुअघि प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।
बालुवाटार स्थित प्रधनमन्त्री निवासमा हुने छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै संसद् अवरुद्ध पार्दैै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दल माओवादी केन्द्रसँगै नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल हुन लागेको हो ।
छलफलमा तीनै दलका उपनेता र प्रमुख सचेतकहरूपनि सहभागी हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij