२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवले चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी चलिरहेका बेला उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने भएका हुन् । उनी प्रधानमन्त्री प्रचण्डको भ्रमण भन्दा पहिले चीन जाने गरी तयार सुरु भएको छ ।
यादव ‘चाइना–साउथ एसिया एक्सपो’ को अतिथि भएर चीन भ्रमणमा जाने भएका हुन् । उपराष्ट्रपति कार्यालय स्रोतकाअनुसार साउन २९ गते उनी चीन भ्रमणमा जाने लगभग तय भएको छ ।
तर मन्त्रिपरिषद्बाट त्यसको आधिकारिक निर्णय आउन बाँकी छ । अगस्त १६ देखि सो एक्स्पो सुरु हुने बताइएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले यादवलाई चीन भ्रमण गराउने निमन्त्रणा दिएका थिए ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल उपरराष्ट्रपति फर्केको एक महिनापछि चीन जानेछन् । दाहालले असोज ६ गतेदेखि चीनको भ्रमण सुरु गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij