Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ढुवानीका क्रममा नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, खरिद बिक्री नगर्न आग्रह

ढुवानीका क्रममा नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, खरिद बिक्री नगर्न आग्रह


  • 2.7K
    Shares

    ढुवानीका क्रममा नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, खरिद बिक्री नगर्न आग्रह

    काठमाडौँ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ।

    काठमाडौँबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले आज गोरखापत्रमा सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको हो।

    हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न टेलिकमले अनुरोध गरेको छ । टेलिकमले सिरियल नम्बर  ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको हो । 

    ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ।  

    1.JPG

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - ०९:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij