२०८२ माघ १२ गते सोमवार
कुनै लफडा नहुँदा नेकपाको कुल सांसद संख्या १७४ हो। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिको सिट संख्यामा एमाले माओवादीभन्दा दोब्बरले बढी सिट रहेको अवस्थामा थियो ।
उ बेला एमालेको १२१ सिट हुँदा माओवादी केन्द्रको ५३ सिट थियो । दुवै पार्टी एकीकृत भएपछि १७४ सिट संख्या थियो ।
नेकपाभित्र अहिले केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल समूहबीच सांसद संख्या लगभग बराबरको अवस्थामा छ । ओलीसँग ८४ सांसद रहेका छन् । प्रचण्ड नेपाल समूहमा ८६ सांसद संख्या छ । ४ जना तटस्थमा रहेका बामदेवको पक्षमा पुगेका छन् । अब उनी निर्णायक शक्ति बन्ने देखिएको छ । तर यो बिचमा प्रचण्ड-माधवका केही सांसद ओली तिर लागेकाले उक्त संख्यामा हेरफेर भएको छ।
यसअघि प्रचण्ड नेपाल पक्षमा रहेका ३ सांसद ओली क्याम्पमा पुगेको बुझिएको छ । ४ जना गौतम पक्षमा रहेको देखिएको छ । प्रधानमन्त्री ओलीविरुद्ध हस्ताक्षर संकलनका क्रममा ९३ जना थिए । जसमध्ये ३ जना ओली क्याम्पमा पहिल्यै फर्किएका थिए । बाँकी ४ जना गौतम पक्षमा देखिएका छन् ।
नेकपाभित्र संसदीय दलको अंकगणितले पार्टी एक भइरहेको अवस्थामा ओली नै प्रधानमन्त्री या विकल्पमा प्रचण्ड बन्ने देखिन्छ । पार्टी विभाजित भएमा भने अर्को परिस्थिति सृजना हुनसक्छ ।
नेकपाको दुवै पक्षले काँग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समिकरण गर्नुपर्ने हुन्छ । जसमा काँग्रेस ६३ सिटको अवस्थामा छ ।
अहिलेको अंकगणित हेर्दा नेकपाको जुनसुकै पक्षले काँग्रेससँग मिलेर सरकार बनाउन सक्ने संख्या पुग्छ । तर, जनता समाजवादी पार्टीको संख्या भने बहुमतका लागि पर्याप्त हुँदैन । जसपाको ३४ सिट छ । काँग्रेस र जसपासहित नेकपाको विभाजित कुनै पनि समूहको सरकार बन्न सक्ने सम्भावना उत्तिकै छ । निर्वाचन आयोगले २० गते नेकपा कसको भन्ने फैसला सुनाउने कार्यतालिका छ त्यसले पनि धेरै कुरा निर्धारण हुन्छ। नयाँ साल अघि नयाँ सरकार बन्ने सम्भावना चाहि देखिंदैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij