Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

धर्म–कर्ममा रमाउँदै राउत : साउनको चौथो सोमबार पूजा गर्न भालेश्वर महादेव

धर्म–कर्ममा रमाउँदै राउत : साउनको चौथो सोमबार पूजा गर्न भालेश्वर महादेव


  • 2.0K
    Shares

    धर्म–कर्ममा रमाउँदै राउत : साउनको चौथो सोमबार पूजा गर्न भालेश्वर महादेव
    images

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत धर्मकर्ममा व्यस्थ हुन थालेका छन् । सोमबार उनी पूजा गर्न चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गर्न पुगेका छन् । 

    चन्द्रागिरी पुगेर अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन् ‘आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै । मन्दिरका महन्थ, कार्यकारिणी प्रबन्धक तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद ।’ भनेका छन् । 

    आइतबार उनी काठमाडौँको साँखु सालीनदीमा धार्मिक कार्यक्रममा सहभागी रहेका थिए । ओम बोल बम काँवरिया संघले गरेको बोलबम यात्रामा सहभागी भई मन्तव्य दिएका थिए । राउत ओशो सन्यासी समेत हुन् । गत वर्ष काठमाडौँको ओशो तपोवनमा पुगेर उनी ओशो सन्यासी बनेका थिए ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १२:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij