Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ


  • 4.9K
    Shares

    त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ
    images

    काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उक्त परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् ।

    हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १३:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij