Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

घुस लिएको ८ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक अख्तियारको फेलामा

घुस लिएको ८ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक अख्तियारको फेलामा


  • 6.2K
    Shares

    घुस लिएको ८ लाख बाटोमै फालेर गाउँपालिका अध्यक्ष फरार, चालक अख्तियारको फेलामा
    images

    धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् ।

    भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा सडक छेउमा फालेर भागेका हुन् ।

    अख्तियारले उक्त रकमसहित अध्यक्ष राउतका सवारी चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिएको छ ।    

    "गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्कोर्पियो गाडीमा रु ८,००,०००।– अतिरिक्त रकम लिई भाग्ने क्रममा उक्त रकम जिल्ला धनुषा छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउमा फ्याँकी फरार रहेको, निजका सवारी चालक वीरबहादुर मगरलाई बटेश्वर गा.पा. वडा नं. ४ बाट नियन्त्रणमा लिइएको र नगद रकम रु ८,००,००।– (आठ लाख रुपैयाँ)  छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेला पारी निज सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ," अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १२:२२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij