२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गत सञ्चालनमा रहेको राज ब्रुअरीले ९ महिनामा साढे ७८ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२२ मा १ अर्ब ३ करोड ३० लाख, सन् २०२१ मा ६७ करोड ६० लाख, सन् २०२० मा २८ करोड ६० लाख र सन् २०१९ मा ४६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको विभिन्न पाँच ब्रान्डका बियरहरू बजारमा उपलब्ध छन् । दुई वटा ब्रान्ड विदेशी बर्डवाइजर र वार्सटेनर तथा तीनवटा ब्रान्ड स्वदेशी नमस्ते, माउन्टेन आइस र हात्ती ८ बिक्री गर्दै आएको छ कम्पनीको बर्डवाइजर भने धेरै व्यापार भएको कम्पनीले जनाएको छ ।
चार दशकदेखि मदिरा उत्पादन तथा बिक्री गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरी सन् २०१३ देखि सञ्चालनमा छ । कम्पनीले सन् २०२१ को मार्चदेखि बर्डवाइजर ब्रान्डको मदिरा बिक्री सुरु गरेको छ । राजबहादुर शाहको स्वामित्व रहेको कम्पनीमा विजयकुमार शाह अध्यक्ष छन् ।
कम्पनीले युरोपियन, भारतीय र नेपाली सप्लायर्सबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६० करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij