Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकको नाफा ३.६३ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा र इपिएस कति ?

एनएमबि बैंकको नाफा ३.६३ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा र इपिएस कति ?


  • 2.4K
    Shares

    एनएमबि बैंकको नाफा ३.६३ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा र इपिएस कति ?

    काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ प्रतिशत बढेर १० अर्ब ३३ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

    बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८.५७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ ।

    बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष २०.५० प्रतिशत बढेर १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ, निक्षेप १३.७९ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ८.२२ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

    बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १४:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij