Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विदेशबाट आउँदा कति सुनका गहना, मोबाइल र टेलिभिजन ल्याउन पाइन्छ ? 

विदेशबाट आउँदा कति सुनका गहना, मोबाइल र टेलिभिजन ल्याउन पाइन्छ ? 


  • 2.5K
    Shares

    विदेशबाट आउँदा कति सुनका गहना, मोबाइल र टेलिभिजन ल्याउन पाइन्छ ? 
    images

    काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार  विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाइने सुनका गहना, मोबाइल तथा टेलिभिजन कुन मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने विवरण सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

    कार्यालयकाअनुसार पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । 

    त्यस्तै, महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । यसैगरी गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले जनाएको छ । 

    यसैगरी विदेशबाट फर्कने नेपाली यात्रुले आफुले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउदा भन्सार तिर्न नपर्ने व्यवस्था रहेको  छ । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था छ । 

    त्यस्तै, श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नेपालीले जुनसुकै आकार र प्रकारका टेलिभिजन साथमा ल्याउन भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ । तर श्रम स्वीकृति नलिई १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपालीले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउछन् । यी बाहेका सबै टेलिभिजनमा नियामाअनुसारको भन्सार महसुस तिनुपर्ने व्यवस्था रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १२:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij