२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उनले भारतीय प्रशासनसँग आग्रह पनि गरे ।
‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij