Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

गोरखामा प्रथम सहिद लखन थापाको सालिक अनावरण 

गोरखामा प्रथम सहिद लखन थापाको सालिक अनावरण 


  • 1.9K
    Shares

    गोरखामा प्रथम सहिद लखन थापाको सालिक अनावरण 
    images

    गोरखा । गोरखा नगरपालिका–६ हस्पिटलचोकमा नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण गरिएको छ । १४२ औं लखन स्मृति दिवसका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सालिक अनावरण गरेका हुन् ।

    सो अवसरमा उनले आगामी वर्षदेखि प्रदेश सरकारले औपचारिक रुपमा लखन स्मृति दिवस मनाउने प्रतिबद्धता व्यक्त गरे । हस्पिटल चोकदेखि काहुले भंगारसम्मको सडकलाई लखन थापा मार्गका रुपमा नामाकरण गरी स्तरोन्नति गर्ने पनि उनले बताए । 

    ११ लाख रुपैयाँको लागतमा अर्धकदको ढलौटको सालिक स्थापना गरिएको प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले जनाएको छ । सालिक निर्माणका लागि गोरखा नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । बाँकी ६ लाख रुपैयाँ प्रतिष्ठानकै तर्फबाट खर्च गरिएको प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आले मगरले जानकारी दिए ।

    प्रथम सहिद लखन थापाको जन्मथलो बुंकोटको काहुले भंगार जाने मुख्य प्रवेशद्वार भएकाले हस्पिटल चोकमा सालिक स्थापना गरिएको उनको भनाइ छ ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १०:३०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij