Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

ताप्लेजुङको दोभान बजारमा आगलागी : ३५ घर जले, आगो अझै नियन्त्रणबाहिर

ताप्लेजुङको दोभान बजारमा आगलागी : ३५ घर जले, आगो अझै नियन्त्रणबाहिर


  • 6.7K
    Shares

    ताप्लेजुङको दोभान बजारमा आगलागी : ३५ घर जले, आगो अझै नियन्त्रणबाहिर
    images

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए ।

    दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ। उनले भने, "आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौं।"

    ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, "म पनि आगलागी क्षेत्रमा जाँदै छु। आगलागी भीषण छ भन्ने खबर आएको छ।" सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको  कार्कीले जानकारी दिए । 

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - ११:४१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij