Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

गोरखामा बैंकको कर्मचारी बनेर ग्राहकको खाताबाटै रकम चोरी

गोरखामा बैंकको कर्मचारी बनेर ग्राहकको खाताबाटै रकम चोरी


  • 2.6K
    Shares

    गोरखामा बैंकको कर्मचारी बनेर ग्राहकको खाताबाटै रकम चोरी
    images

    गोरखा । गोरखा  सदरमुकाम स्थित एक बैंकको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ । आफु बैंकको कर्मचारी हो भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनि झुक्याएर ग्राहकको खातामा भएको रकम ट्रान्र्सफर गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)अनुपम श्रेष्ठले जानकारी दिए । 

    झुक्याएर ह्याकरले एनएमबी बैंकबाट ग्राहकको खातामा रहेको एक लाख रुपैया भन्दा बढी रकम ह्याक गरेर अन्य बैंकको खातामा सारेको खुलेको उनले बताए।  ‘गोरखा नगरपालिका–६ पाटेचौर निवासी एक महिलालाई फोन गरेर ह्याकरले खाता पुरानो भएकाले नवीकरण गर्नुपर्छ भन्दै खाता नम्बर लिएको र पछि मोवाईलमा आएको ओटिपी कोड समेत मागेर ह्याकरले तत्कालै खाताको रकम चोरी गरेको पाइएको ’ एसपी श्रेष्ठले भने। 

    खाताबाट १ लाख ३ हजार ८८० रुपैया ह्याकरले अन्य बैैकको खातामा ट्रान्सफर गरेको पिडित महिलाले बताइन् । ‘फोनबाट बैंकको कर्मचारी बोलेको हुँ तपाँईको खाता पुरानो भएको छ, नवीकरण गनुपर्छ भन्दै पहिला खाता नम्बर माग्यो’ पिडितले भनिन् । ‘त्यसपछि मेरो मोबाइलमा आएको कोड पनि चाहियो भनेर माग्यो, दिँदा त खाताको रकम सबै झिकेछ । 

    ’खाताबाट पैसा लिएको थाहा पाए लगत्तै पिडित महिलाले जिल्ला प्रहरी कार्यालय गोरखामा बैंक खाताबाट रकम चोरी भएको भन्दै उजुरी दिएको एसपी श्रेष्ठको भनाई छ । ह्याकरले खाता ह्याक गरी खातामा भएको रकम ३–४ वटा बैंकमा ट्रान्र्सफर गरेर अहिले ग्लोबल आईएमई बैंकमा पुर्र्याएको बताइएको छ । 

    प्रहरीले घटनाको अनुसन्धानका लागि अदालतको अनुमति लिई महिलालाई फोन गरिएको मोवाईल नम्बरको कल डिटेल लिई अनुसन्धान सुरु गरेको छ ।  

    घटनाबारे आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले जिल्लामा केही दिन यता त्यस्ता ठगीका घटना भईरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरे ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १६:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij