Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन

इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन


  • 2.1K
    Shares

    इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन
    images

    काठमाडौँ । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । शुक्रवार स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।

    विद्यार्थीहरुले इन्जिनियरिङ पढाईको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको बिरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । त्यस्तै, थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । 

    उनीहरुले शिक्षामै राजनीति, देशको बेइज्जती, टियु युनिभर्सिटी रोज्ने की टियु एयरपोर्ट, सरकारले झुटो आश, ठूलो निराश देखायो, सरकार तिमी पनि मौन बसे, म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा, एक सय ४० प्रतिशत फि बढ्ने, गरिवले पढ्ने की नपढ्ने रु लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १३:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij