Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सरकार भ्रष्टचार विरुद्द निर्मम भएकै कारण यो सुन समातिएको हो: सञ्चारमन्त्री शर्मा

सरकार भ्रष्टचार विरुद्द निर्मम भएकै कारण यो सुन समातिएको हो: सञ्चारमन्त्री शर्मा


  • 2.7K
    Shares

    • images
    सरकार भ्रष्टचार विरुद्द निर्मम भएकै कारण यो सुन समातिएको हो: सञ्चारमन्त्री शर्मा
    images

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकार भ्रष्टचार विरुद्द निर्मम भएकै कारण यो सुन समातिएको  बताएकी छन् । आज (बिहीबार) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार सुन तस्करीको छानबिनमा दृढतापूर्वक उभिएको दाबी गरिन् ।

    ‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवत: यो सुन पनि समातिने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘तस्करीको मुल जरासम्म हामी पुग्छौ भनेर कमिटमेन्ट सहित नेतृत्व लागिरहेको छ ।’ 

    मन्त्री शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धता सहित लागेका बेलामा प्रतिपक्षले भने जस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुन सक्ने बताइन् । सुन तस्करीबारे निष्पक्ष छानबिन हुँदैन कि भन्ने आशंका गरी जस्तै परिस्थिति बने अर्को छानबिन समिति जहिले पनि बनाउन सकिने मन्त्री शर्माले बताइन् ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १५:००:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij