२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट सुविधा पाउने गरी व्यावसायिक सम्झौता भएको छ ।
उक्त व्यावसायिक सम्झौता अनुसार बैंकको भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर का विभिन्न सेवाहरूमा विशेष १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपाल भरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि: शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij