२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । बौद्ध जोरपाटीमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुली गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेहरुसिन्धुपाल्चोक र रामेछाप स्थायी घर भई काठमाडौं बस्दै आएका पाँच जनालाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा श्यामबहादुर लामा, विक्की लामा, भीमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रवीण तामाङ छन्। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि बुधबार प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij