Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त


  • 2.3K
    Shares

    • images
    विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त
    images

    काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो ।

    अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बताए । ‘शीतल’ले प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीले आदेश गरेको छ ।

    टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र  नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

    गत शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०९:१५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij