२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलको मूल्य नबढाउन निर्देशन दिएको छ । एक विज्ञप्ति जारी गर्दै विभागले भण्डारण गरेर राखेको चामलको मूल्य नबढाउन निर्देशन दिएको हो ।
“भारतले बासमती बाहेकको चामलमा निर्यात प्रतिबन्ध लगाउनु अगावै नेपालमा रहेको चामल भण्डारणको सामग्री बेचबिखन गर्न बजार पठाउदा साविककै मूल्यमा बेचबिखन गर्न गराउन हुन अनुरोध गर्नुको साथै प्रचलित ऐन कानुनको बर्खिलाप हुने गरी अवाञ्छित तवरले मूल्य वृद्धि भएको पाइएमा कानुन बमोजिम कार्यवाही भइ जाने व्इहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ- ”प्रवक्ता होमनाथ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतले निर्यात रोक्नुअघि नै आयात भएको चामलको मूल्य साबिककै अनुसार हुनुपर्ने नभए कारवाही गरिने विभागले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij