२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको २०७९/८० चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी देखिएको छ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्त सम्मको तुलनामा ९.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा पनि वृद्धि भएको छ, जसले खुद नाफा वृद्धिमा टेवा पुगेको हो । बैंकको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी दोहोरो अंकले बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १०.४३ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ९.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ६९ करोड ८३ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा बैंकको वितरणयोग्य नाफा २.६२ गुणाले वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ५९ करोड ७२ लाख ४४ हजार रुपैयाँ मात्रै रहेको थियो । यसका आधारमा बैंकले आफ्ना सेयधनीहरुलाई १५.२९ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।
हाल बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ६ करोड ४८ लाख ५४ हजार रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यता, १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप ६.३१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी सामान्य घटेको छ । बैंकको खराब कर्जा भने २.१२ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि १ रुपैयाँ ६० पैसाले वृद्धि भई १८ रुपैयाँ ५ पेसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा कायम भएको छ । बैंकले संचालन खर्चमा आएको वृद्धिलाई नियन्त्रण गर्दै दीर्घकालिन व्यावसायिक योजना अनुरुप नै अगाडि बढ्ने जनाएको छ ।
आगामी दिनमा गुणस्तरीय कर्जा प्रवाह, खुद ब्याज आम्दानीमा वृद्धि गरि सेवाग्राही र ग्राहक एमंव सेयरधनीको हित र उच्च प्रतिफलसहितको कार्य गर्ने योजना बनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij