२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको कुटपिटबाट मुत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उनीमाथि कुटपिट गरेको आरोपमा बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङलाई पक्राउ गरेको हो। उनीहरूबीच सामान्य विवाद हुँदा सोमबार शंखरले ज्ञानबहादुरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटपछि गम्भीर घाइते भएका ज्ञानबहादुरको उपचारका लागि पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घटनाको खबर पाएपछि प्रहरी प्रभाग मगलबजारबाट खटिएको टोलीले शखरलाई पक्राउ गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij