Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गोरखामा २७ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा ४८ बर्षका पुरुष पक्राउ

गोरखामा २७ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा ४८ बर्षका पुरुष पक्राउ


  • 2.7K
    Shares

    • images
    गोरखामा २७ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा ४८ बर्षका पुरुष पक्राउ
    images

    गोरखा। गोरखाको मुलाबारीबाट बलात्कार आरोपमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ मुलाबारीका रामबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको हो ।

    नेपालीले सोही स्थानकी २७ बर्षिया ‘ख’ कुमारीलाई गएको शनिबार राती ११ बजेको समयमा विभिन्न डर–त्रास, धाक–धम्की दिदै जबरजस्ती करणी गरेको भन्दै पिडित आफैले प्रहरीमा निवेदन दिएपछि ति युवक फक्राउ परेका हुन् ।

    पिडितको निवदेन लगत्तै नेपालीलाई साउन १५ गते अर्थात सोमबार पक्राउ गरी निज उपर जबरजस्ती करणी कसूर शीर्षकमा मुद्वा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेका नेपालीलाई सोमबार नै गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । 

     

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १२:१९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij