Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

धादिङ निलकण्ठ ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ जुवाखालबाट पक्राउ

धादिङ निलकण्ठ ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ जुवाखालबाट पक्राउ


  • 2.0K
    Shares

    • images
    धादिङ निलकण्ठ ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ जुवाखालबाट पक्राउ
    images

    काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ जुवाखालबाट पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जले धादिङ निलकण्ठ वडा नं ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठसहित १२ जना पक्राउ परेको पुष्टि गरेको छ ।
    टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित एक गेष्टहाउसबाट उनीहरु पक्राउ परेका हुन् ।

    वडाध्यक्ष श्रेष्ठ ५ बर्षअघि पनि भत्तपुरमा जुवाखालबाट पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले १० लाख ८२ हजार ५ सय रुपैयाँ पनि बरामद गरेको छ ।

    जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले आइतबार राति सेतीगंगा गेष्टहाउसबाट १२ जनालाई पक्राउ गरेको हो ।

    वडाध्यक्ष श्रेष्ठसँगै बैतडीको दशरथ चन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय सूर्य भट्ट, रोल्पाको माडी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सरोज खत्री, दाङको घोराही नगरपालिका–१ घर भएका ३२ वर्षकै धीरज शाह, बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा, कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका ३६ वर्षीय जयबहादुर ढुंगाल, बैतडीको पुर्चौडी नगरपालिका–८ घर भएका ५२ वर्षीय कालो सिंह धामी रहेका छन्।

    यस्तै दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ३४ वर्षीय विश्वनाथ कार्की, गोरखाको आरुघाट गाउँपालिका–५ घर भएका ३४ वर्षीय अर्जुन गुरुङ, काठमाडौं–१५ स्वयम्भूका ४० वर्षीय अजित रिजाल, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ४० वर्षीय किरण थापा, बैतडीको दशरथचन्द नगरपालिका–४ घर भई नयाँ बसपार्कमा गेष्टहाउस चलाउँदै आएका ४८ वर्षीय राजेन्द्रप्रसाद जोशी छन्।

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - ११:१४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij