२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आयोजित कार्यक्रममा उनले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे । सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो ।
मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij